Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

३ दिनदेखि सुनचाँदीकै मूल्य लगातार वृद्धि

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?





काठमाडौ ।

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। हिजो प्रतितोला आठसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि तोलाको आठसय नै बढेको हो।

मूल्य बढेर आज सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ५३ हजार तीनसय रुपैयाँ थियो। गएको बुधबार पनि सुन तोलामा पाँचसय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँ बढेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ४५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ४० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।