

जनकपुरधाम ।
मधेस प्रदेशका प्रदेशसभा सदस्य रामसरोज यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउत राजनीतिमा अनाडी व्यक्ति रहेको बताएका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यले राउतलाई राजनीतिमा अनाडी व्यक्तिको संज्ञा दिएका हुन् । उनले भने ‘राउतजी राजनीतिमा अनाडी हुन्, नयाँ नयाँ हुनु हुन्छ अनाडी हुनु स्वभाविकै हो विस्तारै सिक्दै जानु हुन्छ ।’
सिके राउतले सामाजिक संजालमा मधेस सरकारलाई लिएर केही दिन अगाडी गरेको ८ बुँदे टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै प्रदेशसभा सदस्य यादवले उनको सो अभिव्यक्तिको विषयमा जवाफ दिन मुख्यमन्त्री सतिशकुमार सिंहलाई चुनौती दिए । यादवले मुख्यमन्त्रीजीले प्रतिनिधित्व गर्ने दलकै राष्ट्रिय अध्यक्षबाट प्रदेश सरकार र सरकारमा सहभागी दललाई लिएर यस्तो अभिव्यक्ति आएको छ, उनले भने ‘मुख्यमन्त्रीजी उहाँको भनाईबाट सहमत हुनु हुन्छ वा हुनु हुन्न भन्ने सदनलाई स्पष्ट पार्नु आवश्यक छ ।’
