Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा मालती पुल नजिकै गाडिएको अवस्थामा भेटिए ४ वटा सिलिन्डर बम





विराटनगर ।

पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ ।

मोरङका  डीएसपी वेदप्रकाश जोशीले  राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको जानकारी दिए ।

बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा– ७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।

‘खोजी गर्ने क्रममा जमिन मुनि गाडिएको अवस्थामा चार वटा सिलिन्डर बम फेला परेको छ, तार पनि छ,’ जोशीले भने,‘ यो बम द्वन्द्वकालकै हो, डिस्पोज गर्ने तयारी हुँदैछ ।’

बम रहेको सूचना आएपछि प्रहरीले राजमार्ग बन्द गरेर बमको खोजी गरेको थियो । खोजी गर्ने क्रममा दिउँसो बम फेला पारेको हो ।