Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जय ट्रफीमा मधेस नेपाल पुलिसबिरुद्ध इनिंग्स र ३५ रनले पराजित





काठमाडौं ।
जय ट्रफी एलिट कपमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गरेको छ । मधेशलाई दोस्रो इनिङमा ९४ रनमा अलआउट गर्दै पुलिसले एक इनिङ र ३५ रनको जित निकाल्यो ।
पुलिसलाई फराकिलो जित दिलाउन कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे । आक्रामक ब्याटिङ गर्दै ६८ बलमा ६३ रन जोडेका उनले बलिङतर्फ दुवै इनिङमा गरी ७ विकेट लिएका छन् । मधेशको पहिलो इनिङमा दुई विकेट झारेका कुशललले दोस्रो इनिङमा केवल ४.२ ओभर बलिङ गर्दै पाँच विकेट लिएका थिए ।
दोस्रो इनिङमा मधेशका कुनै पनि ब्याटरले पुलिसको बलिङको प्रतिरोध गर्न सकेनन् । विशाल पटेलले सर्वाधिक २७ रन बनाए । ओपनर मयन यादव २२ रन बनाएर आउट भएपछि मधेशको आशा टुटेको थियो ।
पुलिसका गुल्शन झाले ३ विकेट र ललित राजवंशीले दुई विकेट लिएपछि मधेशले खेलमा कमब्याक गर्न सकेन ।