Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संघीय मन्त्री शरतसिंह भण्डारीको होटेल मानकीमा कति लगानी रहेको छ ? यस सम्बन्धमा निरञ्जन साह के भन्नुहुन्छ

होटेल मानकी बन्नुको कथा





सुजीतकुमार झा
जनकपुरधाम ।
जब निरञ्जनप्रसाद साह बाल्यावस्थामा थिए त्यसैबेला एकजना साधुले जनकपुरधाममा ठूलो घर हुने भविष्यवाणी गरेका थिए । शुरुमा उहाँलाई मात्रै होइन घरका कुनै सदस्यलाई विश्वास लागेको थिएन तर भविष्यवाणी गरेको ३ दशक नवित्दै जनकपुरधामको सबैभन्दा ठूलो होटेल मानकी बनेको थियो ।
‘होटेल तर्फ मेरो ध्यान थिएन तर ‘एक्सीडेन्टल’ नै भनौ म होटेल व्यवसायमा लागेको,’ मानकीका सञ्चालक रहेका साहले बताउनुभयो ।
मेरो जीवन नै उतारचढाउले भरिएकोले कसरी यसतर्फ लागे आफूलाई विश्वास नभइरहेको मोडेल खबरको एक जिज्ञासामा बताउनुभयो ।
जुनबेला मानकी बनेको थियो धेरैलाई विश्वास थिएन जनकपुरधाममा पनि यति ठूलो होटेल चल्छ तर केही वर्षमै यो शहर पर्यटकको अड्डा बनेको छ । अहिले तँ २० वटा होटेल बनेपनि राम्रो ढंगले चल्छ त्यसमा आफू विश्वस्त रहेको मानकीका सञ्चालक साहले बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाको काम किन होटेल मानकी लिन चाहँदैनन् यसप्रश्नको जबाफमा उहाँ भन्नुहुन्छ कमीशनमा म सक्दिन । जुनबेला मटिहानीकै बासी जनकपुरधामका मेयर थिए त्यो बेला मैले हिम्मत गर्न सकिन्न अहिन झन कहाँ सम्भव छ !
‘कमीशन दिएर आफू काम गर्दिन,’ उहाँको स्पष्ट जबाफ छ ।
होटेलमा संघीय मन्त्री शरतसिंह भण्डारीको कति लगानी छ ? आमाको नाउँमा होटेल खोल्नुको पछाडीको कारण के रहेछ ? जनकपुरधाममा ठूलो घर बन्ने भविष्यवाणी गरेका साधु अहिले कहाँ छन् ? निरञ्जनजी होटेल बेचिरहनु भएको एकताका निकै हल्ला भएको थियो यसमा कति सत्यता थियो ? लगायत विभिन्न विषयमा होटेल मानकीका सञ्चालक निरञ्जन साहसँग कुराकानी केहीबेरमा हेर्न र सुन्न सकिन्छ । मात्र https://www.youtube.com/@ModelKhabar मा