Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

१२९ रनको अग्रता लिँदै नेपाल पुलिसद्वारा मधेस विरुद्धको पहिलो पारीको समाप्तीको घोषणा





जनकपुरधाम ।
दुई दिवसीय क्रिकेट प्रतियोगिता ’जय ट्रफी पुरुष एलिट कप’ को आफ्नो दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो पालीमा मधेश प्रदेशसँग एक सय २९ रनको अग्रता हासिल गरेको छ । प्रतियोगिताको दोस्रो दिन बिहीबार पुलिस क्लबले चार विकेटको नोक्सानीमा दुई सय ५८ रन बनाउँदै पहिलो पारी समाप्तिको घोषणा गर्यो । पहिलो पारीमा पुलिस क्लबका ब्याट्सम्यानहरुले ५९ ओभर ब्याटिङ गरे ।
पुलिस क्लबले तीन विकेटको नोक्सानीमा एक सय ७४ रनको स्थितिबाट दोस्रो दिनको खेल अघि बढाएको थियो । पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ६३ रनको योगदान गरे । उनले ६८ बलको सामना गरी १० चौका पनि हिर्काए । अर्का ओपनर दिलीप नाथले पनि ४० रनको योगदान गरे । उनले ७९ बलको सामना गरी चार चौका हिर्काए । कुशल र दिलीपले ओपनिङ विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । कप्तान आरिफ शेख ४० रनमा अविजित रहे । पाँचौं नम्बरमा क्रिज समाल्न आएका आरिफले ८१ बलको सामना गरी चार चौका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान अमित श्रेष्ठ ३५ रन बनाउँदै आउट भए । उनले ४९ बलको सामना गरी पाँच चौका प्रहार गरे । यसैगरी, अर्जुन साउदले टोलीको खातामा २२ रन थपे । ’रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिनुअघि उनले ३० बलमा चार चौका हिर्काए । शंकर रानाले पनि टोलीका लागि अविजित ३१ रनको योगदान गरे । सातौँ नम्बरका ब्याट्सम्यान शंकरले ३३ बलमा तीन छक्का र एक चौका हिर्काए ।