Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषाका पत्रकारहरुलाई साइबर सुरक्षा तथा एआइ सम्बन्धी एक दिने अभिमुखिकरण





जनकपुरधाम ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशले धनुषाका पत्रकारहरूकालागि साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआइ) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमले पत्रकारहरूलाई साइबर सुरक्षाका महत्वपूर्ण पक्ष र एआइ प्रविधिको सकारात्मक र नकारात्मक प्रभावबारे जानकारी प्रदान गर्ने लक्ष्य राखेको थियो ।
कार्यक्रममा पत्रकारिता र प्रविधिका क्षेत्रका विशेषज्ञ जीवन भण्डारी र प्रकाश मैनालीले साइबर सुरक्षा र एआइको क्षेत्रमा भएका नवीनतम विकासहरू र तिनका पत्रकारितामा प्रभावबारे जानकारी दिएका थिए । पत्रकारहरूले आगामी समयको लागि आफूलाई सुसज्जित बनाउन र साइबर आक्रमण र प्रविधिको दुरुपयोगबाट जोगिन आवश्यक ज्ञान प्राप्त गरे ।
मधेस प्रदेशको आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा भएको तालिमको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट गृह संचार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेशसभा सदस्यद्वय रामअशिष यादव, रत्नेश्वर गोइत, गृह संचार तथा कानून मन्त्रालयका सचिव उद्धव प्रसाद रिजाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह लगायतले मन्तव्य राखेका थिए ।