Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस सरकारले १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बिमा गर्ने





जनकपुरधाम ।
मधेश प्रदेश सरकारले शहीद परिवारहरूको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरेको छ ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले पुस ९ गतेबाट उक्त बिमा कार्यक्रम लागू भएको जानकारी बुधबार एक पत्रकार सम्मेलनमार्फत दिएका हुन् । मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद तथा जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बिमा गर्ने प्रकृया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिए ।
मन्त्री लेखीले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । उनले यस स्वास्थ्य बीमा कार्यक्रमले शहीद परिवारहरूलाई स्वास्थ्य समस्यामा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रमले शहीद परिवारलाई मेडिकल उपचारमा आर्थिक भारबाट मुक्त गर्ने लक्ष्य राखेको छ ।
पत्रकार सम्मेलनमा मन्त्री लेखीले गृहमन्त्रीको नेतृत्वमा स्थानीय सेवा र संरचनासम्बन्धी कानूनी संशोधनका लागि कार्यदल गठन गरिएको जानकारी पनि दिए । यस कार्यदलले स्थानीय तहहरूको संरचनामा सुधारका लागि मस्यौदा तयार पार्ने कार्यमा समर्पित हुनेछ ।