Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संसदीय समितिको निर्देशन–मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्नु





काठमाडौं ।
मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले बिहीबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको थियो । छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो ।
सरकारले आर्थिक वर्ष २०८०÷८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मुलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नती गर्ने घोषणा गरेको थियो ।