Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

चीनले बनायो दिमाग पढ्न सक्ने मेशिन





बेइजिङ ।

प्रविधिको संसारमा चीन निकै अगाडि छ । अहिले अमेरिका र जापान जस्ता देशहरूलाई चीनले कडा टककर दिइरहेको छ ।

हालै चीनले दिमाग पढ्न सक्ने मेशिन बनाएको छ । चिनियाँ स्टार्टअप कम्पनी न्यूरोएक्सेसले बिहीबार सफलतापूर्वक दुई महत्त्वपूर्ण परीक्षण सम्पन्न गरेको छ । यसको फ्लेक्सिबल ब्रेन–कम्प्युटर इन्टरफेस (बीसीआई) यन्त्रले मस्तिष्कमा चोटपटक लागेका बिरामीको दिमागमा चलिरहेका विचारहरूलाई वास्तविक समयमा डिकोड गरेर देखाएको छ । अर्को व्यक्तिसँग गरिएको परीक्षणमा यन्त्रले वास्तविक समयमा चिनियाँ भाषामा डिकोड गरेको थियो ।

बिरामीहरूले आफ्नो दिमाग प्रयोग गरेर सफ्टवेयर नियन्त्रण गर्न, सामान उठाउन, बोलेरै डिजिटल अवतारहरू अपरेट गर्न र एआई मोडेलसँग कुराकानी गर्न बीसीआई प्रविधिको प्रयोग गर्न सक्ने सिन्ह्वाले एउटा समाचारमा भनेको छ । २०२४ को अगस्टमा फुडान विश्वविद्यालयसँग सम्बद्ध हुआशान अस्पतालका न्यूरोसर्जनहरूले एक जना २१ वर्षीया महिला बिरामीमा बीसीआई प्रत्यारोपण गरेका थिए । ती महिलाको मस्तिष्कको भाषा क्षेत्रमा ट्यूमर थियो ।

यसपछि पाँच दिनभित्र १४२ सामान्य चिनियाँ सिलेबल्सको प्रयोग गरेर बीसीआईले ७१ प्रतिशत सोच सिटकसँग डिकोड गरेको बताइएको छ । बिरामीको मस्तिष्क संकेतहरूको उच्च–गामा ब्यान्डबाट इलेक्ट्रोकोर्टिकोग्राम (इकोजी) विशेषतालाई निकाल्न र यसलाई वास्तविक समयमा डिकोड गर्न न्यूरल नेटवर्क मोडेललाई तालिम दिएको न्यूरोएक्सेसले बताएको छ । यसले ६० मिलिसेकेन्डभन्दा कम समयमै काम गर्न सुरु गरेको र एउटा वर्ण डिकोड गर्न सय मिलिसेकेन्ड भन्दा कम समयको ढिलाइ मात्रै भएको बताइएको छ ।