Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेशसभाको चौथो अधिवेशन शुरु हुँदै





जनकपुरधाम ।
मधेश प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ बजेकालागि बोलाइएको प्रदेशसभाको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने लगायतको कार्यसूची रहेको छ ।
सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाउने, मधेश प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता गर्ने सांसदको मनोनयन हुने समेत कार्यसूची छ ।
त्यस्तै बैठकमा प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले मधेशमा पर्यटनको विकास र प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयकसम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने र अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा प्रदेशसभाका सदस्यहरुले शुभकामना मन्तव्य गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।