

जनकपुरधाम ।
जनकपुरधाममा भूकम्पको झटका महसुस भएको छ । आज बिहान भूकम्प आएको महसुस भएपछि घरबाट मानिसहरु निस्केका थिए । कति विद्यालयमा पढाइ शुरु भइसकेको थियो त्यहाँपनि विद्यार्थीहरुलाई कक्षाकोठाबाट निकालिएको छ । भूकम्पले जनकपुरधाममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नेपालका प्राय: ठाउँमा धक्का दिएको छ ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । त्यसले तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
