Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पूर्व उपराष्ट्रपति पुन राजनीतिमा फर्किन लागेकोमा माओवादी भित्रै उठ्यो विरोधको स्वर





काठमाडौं ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ ।
बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताएका हुन् ।
‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा भने, ‘१२ हातको सरस्वतीलाई तीन हातको मन्दिरमा नराखौँ ।’
उनले अध्यक्षको प्रतिवेदन समग्रमा राम्रो रहेको भन्दै कार्यान्वयनमा जोड दिए । उनले प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले गरेका राम्रा काम र अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका खराब कामलाई जनताको बीचमा पुर्याएर स्थापित गर्नुपर्ने धारणासमेत राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।