Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जय ट्रफीमा बागमती र मधेशबीचको खेल बराबरीमा सम्पन्न





जनकपुरधाम ।
जय ट्रफी एलिट कप २०८१ अन्तर्गत मधेस प्रदेश र बागमती प्रदेशबीचतको दुई दिवसीय खेल बराबरीमा सम्पन्न भएको छ ।
सोमबार दोस्रो दिनको खेल सकिँदा बागमतीले लक्ष्य पूरा गर्न सकेन । मधेशले दिएको १६४ रनको लक्ष्य पछ्याएको बागमतीले २० ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । रित गौतमले सर्वाधिक २५ रन बनाए भने शुभ कंसाकारले २३ रन बनाए । मधेशका कप्तान हरिशंकर साहले ३ विकेट लिँदा रुपेश सिंह, अभिषेक तिवारी र रन्जित कुमारले १–१ विकेट लिए ।
मधेशले दोस्रो इनिङमा ९ विकेट गुमाएर २११ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि १६३ रनको अग्रतासहित १६४ रनको लक्ष्य दिएको थियो ।
मधेशका लागि दोस्रो इनिङमा ओपनर मयन यादवले शतकीय पारी खेले । उनले १०६ रन बनाएका थिए । अभिषेक तिवारीले १९ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछानेले १७ ओभरमा ८८ रन दिएर ५ विकेट लिए । सुर्य तामाङले २ तथा रिजन ढकाल र नन्दन यादवले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेश १०२ रनमा सीमित हुँदा जवाफमा बागमतीले १५० रन बनाएर ४८ रनको अग्रता पहिलो इनिंग्समा लिएको थियो ।