Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता





काठमाडौं ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहनमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ ।
रविसहित ३९ जनाविरुद्ध आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको हो । रविसहितका ३९ प्रतिवादीबाट जम्मा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले मुद्दा अदालत लगिएको पुष्टि गरे
लामिछाने र गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) विरुद्ध मात्रै पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
यसअघि यो प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर यही पुस १८ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउन राय दिँदै प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलले ३९ जनालाई मात्रै प्रतिवादी बनाएको हो ।
रवि पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । रविविरुद्ध स्वर्णलक्ष्मीको पनि बचत रकम हिनामिना आरोपमा उजुरी परेको थियो ।
उक्त उजुरीबारे अनुसन्धान गरेको प्रहरी परिसरले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा अदालतमा लगेको हो । उता कास्की जिल्ला अदालतमा लामिछाने लगायतको मुद्दामा थुनछेक बहस चलिरहेको छ । स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपितहरू लामिछाने, गोर्खा मिडियाका पूर्व सञ्चालक एवम् नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीसहित पाँचजना अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेल भने जेलमा छन् ।