Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा फेरी रिट दर्ता





काठमाडौँ ।
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता भएको छ । आइतबार अधिवक्ता ज्ञानेन्द्र आरण र कुलबहादुर लिम्बुसहित ४४ जनाले रिट दर्ता गराएका हुन् ।
रिट दर्ता भएको र पेसी तोकिन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । रिटमा टीआरसीको पुरानो कानुनअनुसार उजुरी रहेको तर अहिले नयाँ बन्दा अनुसन्धान नै त्रुटिपूर्ण हुने देखिएकाले नयाँ ऐन बदरको माग गरिएको छ ।
यसअघि पनि टीआरसी ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै रिट दायर गरेका थिए ।