Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रामजानकी रंगशालाकालागि डीपीआर तयारी अवस्थामा छः मुख्यमन्त्री सिंह





जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला बनाउन डीपीआर तयार अवस्थामा रहेको बताएका छन् ।
आइतबारदेखि जनकपुरधाममा सुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भोली पुष २२ गते राष्ट्रिय खेलकुद परिषद र गुठी संस्थानसँग मधेश प्रदेश सरकारले ग्राउण्डका लागि सम्झौता गर्ने र पास हुनेबित्तिकै मन्त्रीपरिषद्बाट निर्णय गरेर फाइल काठमाडौं पठाइने जानकारी दिएका हुन् ।
करिव ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेश प्रदेश सरकारबाट लगानी गर्नेसमेत उनले जानकारी दिए ।
प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रीपरिषद्बाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पास गरेपछि भारतीय दूतावासमा गएपछाडि मात्र टेन्डर गर्न सक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेन्डर हुन नसकेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।