Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपाद्वारा संविधान परिमार्जन सुझाव कार्यदल गठन





काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।
शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन् । कार्यदलमा सातै प्रदेशमा छलफल गर्ने र त्यसको संयोजन सोही प्रदेशका पार्टी सभापतिले गर्ने रास्वपाले जनाएको छ ।