Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

माँ जानकी जनकपुरधाम यातायात प्रालिको साधारणसभा, पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधामबाट हुम्लाजुम्ला बस चलाउन व्यवसायीसँग आग्रह गर्नुभयो

‘सिन्धुली काठमाडौ सडकलाई आफू रोमान्टिक रोड भन्दै आएको’





जनकपुरधाम ।

माँ जानकी जनकपुरधाम यातायात प्रालिको साधारणसभाको उदघाटन कार्यक्रम आज एक समारोह बीच सम्पन्न भएको छ । सो समारोहको उदघाटन गर्दै पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले जनकपुरधामबाट हुम्लाजुम्ला बस चलाउन व्यवसायीसँग आग्रह गर्नुभयो । हिमाल, पहाड र मधेश बिचको सम्बन्धलाई जोडनपनि हुम्लाजुम्ला र जनकपुरधाम बस चल्नु परियो उहाँले भन्नुभयो । यसले दूबै ठाउँको पर्यटनको विकास हुनुका साथै दूई संस्कृतिको अदानप्रदान समेत हुनेछ निधिको कथन थियो ।
सिन्धुली काठमाडौ सडकलाई आफू रोमान्टिक रोड भन्दै आएको बताउँदै उहाँले भन्नुभयो – त्यो सडकमा ठूलो बस (सवारीसाधन) को आवश्यकता छैन, सानो गाडी, पिकनिक स्थल जस्ता कार्यमा प्रयोग गर्नुपर्छ ।
नेपालमा कुन सडकमा के चलाउनुपर्छ त्यो नितिको आवश्यकता माथि पनि जोड दिनु भएको छ ।
समारोहमा पूर्व मन्त्री एवं एमाले नेता उमाशंकर अरगरियाले विकासका लागि जातीय आधारमा जनप्रतिनिधि चुन्ने सोच बाधक बनेको बताउनुभयो । उहाँले चुनाबको बेला जाती हेरेर मत दिन्छौ पछि अफसोच गर्छौ त्यो भएन, काम गर्ने क्षमता छ कि छैन त्यो हेरेर मत दिन आग्रह गर्नुभयो ।
जनकपुरधामको पर्यटनको विकासमा यातायात व्यवसायीको योगदानको समेत चर्चा गर्नुभयो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका राष्ट्रिय अध्यक्ष विजय स्वाँरले नेपालमा यातायातको स्पष्ट निति नरहेकाले यातायात व्यवसाय अगाडी बढन नसकेको बताउनु भयो । उहाँले छुटाछुटै प्रदेशको छुट्टाछुट्टै नितिले काम गर्न अपठ्यारो भइरहेकाले एउटा निति बनाउन राज्यसंग आग्रह गर्नुभयो ।
लोकतान्त्रिक यातायात व्यवसायी संघका राष्ट्रिय अध्यक्ष योगेन्द्र कर्माचार्यले राज्य यातायात व्यवसायको विकास प्रति उदासिन रहेकोमा कडा आलोचना गर्नुभयो ।
नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले एक स्थानबाट दोस्रो स्थान जोडन सडक मात्रै होइन यातायात व्यवसायीहरुले गाडी चलाएर कार्य गरिरहेको चर्चा गर्नुभयो ।
माँ जानकी जनकपुरधाम यातायात प्रालिका अध्यक्ष मनोजकुमार चौधरीले जनकपुरधाम बसपार्कलाई आधुनिक सुविधा सम्पन्न बबनाउने आफनो सपना अघि बढि रहेको जानकारी दिनुभयो ।
समारोहमा मधेश प्रदेशका पूर्व मन्त्री सुरिता साह, नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति नरेशप्रसाद सिंह लगायतले बोल्नु भएको थियो ।