Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

२०८२ मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय, विचार मिल्ने दलसँग एकता गर्ने तयारी





काठमाडौं ।
राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ ।
दुई दिनसम्म बसेको पार्टी केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते काठमडौंमा महाधिवशेन गर्ने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ । पार्टीले आगामी विसं २०८१ चैतदेखि जनसंघर्ष सुरु गर्ने निर्णय पार्टीले गरेको छ ।
राप्रपा नेपालले समान विचारधारा भएका दल तथा समूहसँग एकता गर्ने र एकता सम्भव नभए सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय पनि गरेको छ । त्यस्तै, राप्रपा नेपालले सरकारले हालसालै ल्याएको सहकारी सम्बन्धी अध्यादेश अपुरो रहेको पनि निष्कर्ष निकालेको छ ।