Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

एक सातामा सुनको मूल्य तोलामा २८सयले बढ्यो





काठमाडौँ ।
यो साता सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य यो शुक्रबार अर्थात पुस १९ गते १ लाख ५३ हजार ५०० रुपैयाँ पुग्यो । यस आधारमा सुनको मूल्य एक सातामा २ हजार ८०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार यो साताको साताको कारोबारको पहिलो दिन १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य त्यसको भोलिपल्ट अर्थात सोमबार बढेर तोलामा १ लाख ५० हजार ६०० रुपैयाँ पुग्यो । यस्तै मंगलबार भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार भने १ लाख ५१ हजार ५०० पुगेको र शुक्रबार थप बढेर १ लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटबढ हुँदै शुक्रबारसम्म आइपुग्दा १ हजार ८१० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार भने चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
त्यसपछि आइतबार १ हजार ७९०, सोमबार १ हजार ७९५, मंगलबार र बुधबार १ हजार ७६५, बिहीबार १ हजार ७९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।