Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राष्ट्रपतिको शपथ खानु अघि ट्रम्पबिरुद्धको मुद्दामा सजाय सुनाइदै





एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ ।
न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउनेछन् भनी बीबीसीले लेखेको छ । तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन् ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय सुनाउने बेला सशरीर वा भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन् । ट्रम्पले आफ्नो चुनावी जित मुद्दा खारेज गर्नका लागि प्रयोग गर्ने प्रयास गरेका थिए । तर सकेनन् ।
उनको टिमले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र यो ‘अराजक’ मुद्दा तुरुन्त खारेज गरिनुपर्ने भनेको छ । गत वर्ष मेमा ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर दिएको प्रकरणमा दोषी ठहर गरिएको थियो ।
यो रकम ट्रम्पका पूर्ववकिल माइकल कोहेनमार्फत सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्न पोर्नस्टारलाई दिइएको थियो । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यही जनवरी २० का दिन शपथ खाँदै छन् ।