Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आफूमाथी छानविनको माग गर्दै नेवि संघका अध्यक्षले दिए पार्टीमा उजुरी





काठमाडौँ ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले आफूमाथि नै छानबिन गर्न माग गरेका छन् । आफूमाथि लागेको आरोपका विषयमा छानबिन गर्न माग गर्दै नेपाली कांग्रेसको सुशासन समितिमा उजुरी दिएका हुन् ।
अध्यक्ष शेर्पामाथि व्यक्तिगत खातामा पैसा जम्मा गरेर हिनामिना गरेको आरोप लागेको थियो । सोही विषयमाथि छानबिन र कारबाहीको माग गर्दै उनले उजुरी दिएका हुन् । आफूमाथि बिना प्रमाण झुटा आरोप लागेको र आर्थिक अपचलनको लाञ्छना लगाई चरित्र हत्या गरी सङ्घको छवि समेत धुमिल गर्न गरिरहेको दुष्प्रयास गरिएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।
सङ्गठनको विधि र पद्धति समेतको धज्जी उडाउने, विद्यार्थी आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको उनको आरोप छ । नेविसंघको संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच विभिन्न विषयमा मतान्तर चल्दै आएको छ । केन्द्रीय सदस्य प्रेमिका राना मगरले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्यालय पुनर्निर्माणका लागि सङ्कलित रकम पनि व्यक्तिगत खातामा राखेर हिनामिना गरेको आरोप लगाएकी थिइन ।
‘अध्यक्ष दुजाङ शेर्पाले २०८० कार्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट क्षतिग्रस्त नलगाड नगरपालिका ५ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनः निर्माण गर्ने जिम्मा नेविसंघले लिएको घोषणा जाजरकोटमै पुगेर गरेको स्मरण गराउँदै उक्त विद्यालय हालसम्म अलपत्र रहेको र तत्कालीन समयमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय पुनःनिर्माणका लागि सङ्कलित रकमको हिसाब समेत सार्वजनिक नगरी व्यक्तिगत खातामा रकम सङ्कलन गरेर आर्थिक हिनामिना भएको समेत सबैमा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।