

जनकपुरधाम ।
धनुषामा सवारी दुर्घटनामा परेर साढे ३ वर्षमा २८३ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७८/७९ देखि ०८१/८२ को मंसिर महिनासम्ममा ४ हजार ९४४ सवारी दुर्घटनामा परेर २८३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा ट्रक/ट्याङकर ३५, ट्रिपर १७, डोजर/लोडर २, बस ३०, माईक्रो २४, जिप/कार १३४, ट्याक्टर ५०, टेम्पो ८१, मोटरसाइकल ९०७, साइकल ११४ र अन्य ८ सहित कूल १ हजार ४०२ सवारी दुर्घटनामा ७७ पुरुष, १९ महिला, ७ बालक र २ बालिकासहित जम्मा १०५ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७८/७९ मा विभिन्न सवारी दुर्घटनामा परि ३७२ पुरुष, ९७ महिला, ४६ बालक र २५ जना बालिकासहित जम्मा ५४० जना गम्भीर घाइते भएका छन् भने ६८७ पुरुष, १५७ महिला, ६३ बालक र ४३ बालिकासहित जम्मा ९५० जना सामान्य घाइते भएका छन् । त्यस्तै, ९ वटा चौपायाको मृत्यु हुँदा एउटा चौपाया घाइते भएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७९/८० मा ट्रक/ट्याङकर २१, ट्रिपर १३, डोजर/लोडर १, बस २९, माईक्रो १२, जिप/कार ११०, ट्याक्टर ५२, टेम्पो ९३, मोटरसाइकल ९५९, साइकल १०४ र अन्य ५ सहित कूल १ हजार ३९९ सवारी दुर्घटनामा ६० पुरुष, १६ महिला, ४ बालक र ४ बालिकासहित जम्मा ८४ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०७९/८० मा विभिन्न सवारी दुर्घटनामा परि २८८ पुरुष, १०१ महिला, ४४ बालक र २३ जना बालिकासहित जम्मा ४५६ जना गम्भीर घाइते भएका छन् भने ७४६ पुरुष, २२७ महिला, १०३ बालक र ५७ बालिकासहित जम्मा १ हजार १३३ जना सामान्य घाइते भएका छन् । त्यस्तै, ५ वटा चौपायाको मृत्यु हुँदा ५ चौपाया घाइते भएका छन् ।
आर्थिक वर्ष ०८०/८१ मा ट्रक/ट्याङकर १८, ट्रिपर ४, डोजर/लोडर २, बस ३४, माईक्रो १६, जिप/कार १०९, ट्याक्टर ३४, टेम्पो १३०, मोटरसाइकल १ हजार ८४, साइकल ११७ र अन्य ७ सहित कूल १ हजार ५५५ सवारी दुर्घटनामा ५३ पुरुष, १६ महिला, ४ बालक र १ बालिकासहित जम्मा ७४ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०८०/८१ मा विभिन्न सवारी दुर्घटनामा परि २८२ पुरुष, ८९ महिला, २२ बालक र ११ जना बालिकासहित जम्मा ४०४ जना गम्भीर घाइते भएका छन् भने ८८९ पुरुष, २५६ महिला, ११९ बालक र ६२ बालिकासहित जम्मा १ हजार ३२६ जना सामान्य घाइते भएका छन् । त्यस्तै, ७ वटा चौपायाको मृत्यु हुँदा ३ चौपाया घाइते भएका छन् ।
त्यस्तै, चालू आर्थिक वर्ष ०८१/८२ को पाँच महिना (साउनदेखि मंसिर)सम्ममा ट्रक/ट्याङकर ७, ट्रिपर २, बस ९, माईक्रो १३, जिप/कार ३८, ट्याक्टर ११, टेम्पो ४३, मोटरसाइकल ४१२, साइकल ५१ र अन्य २ सहित कूल ५८८ सवारी दुर्घटनामा १५ पुरुष, १ बालक र ४ बालिकासहित जम्मा २० जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष ०८०/८१ को पाँच महिना (साउनदेखि मंसिर)सम्ममा विभिन्न सवारी दुर्घटनामा परि ८० पुरुष, २९ महिला, १५ बालक र ७ जना बालिकासहित जम्मा १३९ जना गम्भीर घाइते भएका छन् भने ३७७ पुरुष, ११६ महिला, ४५ बालक र ३१ बालिकासहित जम्मा ५६९ जना सामान्य घाइते भएका छन् ।
