Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

५औँ टेस्टमा अष्ट्रेलियाबिरुद्ध भारतको कमजोर प्रदर्शन





एजेन्सी ।
भारतले अस्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम निर्णायक टेस्टमा कमजोर सुरुवात गरेको छ । पहिलो दिनको खेलमा भारत पहिले ब्याटिङ गर्दै १ सय ८५ रनमा अलआउट भएको थियो । त्यसको जवाफमा अस्ट्रेलियाले १ विकेट गुमाएर ९ रन बनाएको छ ।
अस्ट्रेलियका लागि साम कोन्सटास ७ रन बनाएर खेलिरहेका छन् । जसप्रित बुमराहको बलमा आउट भएका अर्का ओपनर उस्मन ख्वाजाले २ रन बनाए । अस्ट्रेलिया १ सय ७६ रनले पछाडि रहेको छ । पाहुना टिमका लागि भने ऋषव पन्तले सर्वााधिक ४० रन बनाए ।
यस्तै रवीन्द्र जडेजाले २६ र बुमराहले २२ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये स्कट बोलान्डले ३१ रनमा ४ विकेट लिएका छन् । मिचेल स्टार्कले ३ र प्याट कमिन्सले २ विकेट लिए । सिड्नीमा भारतले यो टेस्ट बुमराहको नेतृत्वमा खेलिरहेको छ ।
भारतले आफ्ना कप्तान तथा ओपनर रोहित शर्मालाई यो टेस्टमा खेलाएको छैन । अस्ट्रेलिया ५ टेस्टको सिरिजमा २–१ ले अगाडि छ । भारतले बोडर–गावस्कर ट्रफी आफ्नै पक्षमा राख्ने हो भने यो टेस्ट जित्न आवश्यक हुनेछ ।