Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जागिर छोड्न युवकले काटे आफ्नै हातको चार औँला





एजेन्सी ।
‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई चोट पु¥याउनु हुन सक्छ । पत्याउनु भएन ? भारतको गुजरातको यस्तै घटना भएको छ ।
जागिर छाड्न चाहने एक पुरुषले हाकिमलाई म यो जागिरलाई निरन्तरता दिन्नँ भन्न नसकेर आफ्नो चार वटा औँला काटेका छन् । घटना डिसेम्बर महिनाको शुरुको हो । आफ्नो बायाँ हातको चार औँला काटियो भन्दै सुरतका बसिन्दा मयुर तारापारा पुलिस थाना पुगे ।
आफू मोटरसाइकल चढेर साथीको घरमा गइरहँदा रिँगटा लागेको अनि सडकको छेउमा बसेको तर १० मिनेटपछि होस आउँदा चार ओटा औँला काटिएको उनको भनाइ थियो । सुरुमा त प्रहरीले पनि काला जादुको लागि युवकको औँला कसैले काटेर लग्यो होला भन्ने सोच्यो । तर अनुसन्धानका क्रममा उनले सुनाएको कहानीमा कयौँ कुरा सन्दिग्ध देखियो । घटना सुरतको अम्रोली प्रहरी थानामा दर्ता भयो ।
त्यसपछि सहरको अपराध शाखासम्म मामिला पुग्यो । पीडितले भनेको ठाउँको सीसीटीभी क्यामरा हेर्ने क्रममा मयुर चक्रपथको नजिक बाइक राखेर गएको अनि आउँदा चोटग्रस्त हात लिएर फर्किएको देखियो । सडकमा उनलाई कसैले पिछा गरेको पनि देखिएन । प्रहरीले केरकार गर्दा युवकले आफैँले आफ्ना औँला काटेको स्वीकारे । आफैँले चक्कु किनेर ल्याएको अनि घटनाको दिन राति १० बजे चार दिनपछि औँला काटेको उनले बताए । चक्कु र काटिएका औँला युवकले झोलामा राखेर फ्याके ।
आफन्तको हिरा कम्पनीमा काम गर्न नचाहेकोले औँला काटेर फ्याकेको सत्य मयुरले हिचकिचाहटको साथमा प्रहरीलाई बताएका थिए । रोजगारदातालाई तिम्रो कम्पनीमा अब उप्रान्त जागिर खाँदिन भन्नुको गाह्रोले उनले औँला नै काटेर फ्याके ।
औँला नभएपछि उनी उक्त कम्पनीमा काम गर्नका लागि योग्य रहँदैनथे । प्रहरीले मयुरको तीन वटा औँलासहितको झोला फेला पारेका छन् । यस घटनाबारे प्रहरीले अरू छानबिन गरिरहेको छ ।