Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कुकुर मारेको आरोपमा नवलपरासी पश्चिमबाट दुई जना पक्राउ





काठमाडौँ ।
निर्दयी ढंगले ६ वटा कुकुर मारेर नदीमा बगाएको आरोपमा प्रहरीले नवलपरासी पश्चिमबाट दुई जनालाई पक्राउ गरेको छ ।
एउटा माउ र त्यसका ५ वटा छाउरा कुकुर मारेर नारायणी नदीमा बगाएको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका ५ बेलवानी घर भएका ३३ वर्षीय राजकुमार सारु र २८ वर्षीय अमनकुमार चिडी मगरलाई पक्राउ गरेको हो । गत पुस १३ गते उनीहरुले गाउँबाट एउटा माउ कुकुर र त्यसका ५ वटा छाउराछाउरी नारायणी किनारमा लगेर ढुंगामा बजारेर मार्दै नदीमा बगाएका थिए । उक्त भिडिओ उनीहरुले फेसबुमा पोस्ट गरेका थिए ।
स्थानीयको उजुरीपछि बुधबार उनीहरुलाई पक्राउ गरेर मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
‘राजकुमारले कुकुर मारेको र अमनकुमारले भिडियो खिचेर सामाजिक संजाल फेसबुकमा पोस्ट गरेको पाइएको छ,’ डीएसपी बोहराले भने, ‘उनीहरुलाई हामीले पक्राउ गरेर मुलुकी अपराध संहिताको पशुपन्छी सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरेर कारबाही अघि बढाइएका छौँ ।’