Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेस प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते आह्वान गर्न सिफारिश





जनकपुरधाम ।
मधेश प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन मंगलबार अपरान्ह १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेश प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोज ४ गते अन्त्य भएको थियो ।
जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेश सभाको बैठक नबोलाएर सरकारले संसदलाई बन्धक बनाएको आरोप लगाइरहेका बेला बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेको थियो ।