

सुजीतकुमार झा
जनकपुरधाम ।
मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डलले केही बर्ष अघि मलाई हत्या गर्ने योजना बनेको बताउनु भएको छ । कसले योजना बनाएको त्यो खुलासा नगरेपनि एकताकाका चर्चित नेता राकेश नेपालीको हत्यासंग जुड़ेको व्यक्ति रहेको बताउनु भएको छ ।
मोडेल खबरको पोडकास्ट चैनलसँग कुरो गर्दै सभामुख मण्डलले हत्याको लागि केहीलाई सुपारी दिएको सम्बन्धमा धनुषाका तत्कालीन प्रहरी उपरीक्षकले मलाई जानकारी दिनुका साथै सर्तक गराएको बताउनुभयो । उहाँले भन्नुभयो –म सर्तक नभएको भए मलाई कुनै बेला ती समूहले मार्न सक्थ्यो ।
किन उहाँलाई मार्नेमा केही व्यक्ति लागेको सम्बन्धमा उहाँले वृहत जानकारी दिनुभयो ।
ठाउँमा पुगेपछि पनि स्वर्गीय राकेश नेपालीको हत्यारालाई खोजी गर्न किन तत्परा नदेखएको, माओवादीका बेला कति लाख चन्दा उठाउनु भयो, सभामुख पछि के बन्ने बिचार रहेको लगायत विभिन्न विषयमा सभामुख मण्डलको धारणा सुन्न र हेर्न सकिन्छ । भोलि विहिवार मोडेल खबरको चैनल हेर्नु होला ।

