Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बीसीएमा अध्यय्नरत विद्यार्थीहरुलाई साइबर सुरक्षासम्बन्धि दुई दिवसीय तालिम





जनकपुरधाम ।
बीसीएमा अध्ययनरत विद्यार्थीहरुकालागि आयोजना गरिएको साइबर सुरक्षा सम्बन्धि दुई दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
जनकपुरधामको मोडेल मल्टिपल कलेजको आयोजनामा भएको सो साइबर सुरक्षा सम्बन्धि कार्यशालामा बीसीएमा अध्ययनरत विद्यार्थीहरुलाई साइबर सुरक्षा सम्बन्धि विभिन्न विषयवस्तुका विषयमा जानकारी गराइएको थियो । विद्यार्थीहरुको प्राविधिक सीप विकास तथा रोजगारीको अवसर बृद्धि गराउने अभिप्रायले यो कार्यशालाको आयोजना गरिएको मोडेल कलेजका कम्प्युटर साइन्सका शिक्षक रविरोशनले जानकारी दिए ।
कार्यशालामा अवैध धन शुद्धिकरण, प्रमाणित सूचना प्रणाली सुरक्षा, प्रमाणित ठगी प्रशिक्षक, प्रमाणित सूचना प्रणाली परीक्षक तथा सिस्को प्रमाणित नेटवर्क व्यवसायिक सम्बन्धि प्रशिक्षण कुमारी बैंकका रुपेन्द्र पाण्डे र किरण कुमार साहले दिएका थिए ।
सहभागीहरुलाई साइबर आक्रमणबाट सुरक्षा, डेटा संरक्षण, पासवर्ड सुरक्षा र नेटवर्क सुरक्षा जस्ता महत्वपूर्ण विषयमा तालिम दिइएको थियो ।