Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीमा २ जनाको मृत्यु





जनकपुरधाम ।
सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया चोकमा उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
विपरीत दिशामा रहेका ज१त ९८७६ नम्बरको ट्याक्टर र ज४प ३७७ नम्बरको मोटरसाइकल सोमबार राति ठोक्किंएका थिए । दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५ बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डीएसपी गौतम थापाले जानकारी दिए ।
डीएसपी गौतमका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राति नै अस्पतालमा उपचारका क्रममा मृत्यु हो । ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७ का ३८ वर्षीय वीरेन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।