Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकाले कार्टरको सम्मानमा जनवरी ९ मा राष्ट्रिय शोक मनाउने





एजेन्सी ।
अमेरिकाले जनवरी ९ लाई दिवंगत पूर्वराष्ट्रपति जिम्मी कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जिमी कार्टरको सम्झनामा जनवरी ९ लाई राष्ट्रिय शोक दिवसको रूपमा मनाउने घोषणा गरेका हुन् ।
बाइडेनले ह्वाइट हाउसमा जारी गरेको घोषणामा भनेका छन्, ‘म अमेरिकी जनतालाई त्यस दिन आ–आफ्नो पूजास्थलमा भेला हुन आह्वान गर्दछु र त्यहाँ राष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को स्मृतिमा श्रद्धाञ्जलि अर्पण गर्न आह्वान गर्दछु ।’ उनले अगाडी थपे, ‘म हाम्रो दुःखमा सहानुभूति प्रकट गर्नुहुने सम्पूर्ण विश्व समुदायलाई शोकको यस घडीमा उक्त पवित्र कार्यमा हामीसँग सामेल हुनका लागि आग्रह गर्दछु ।’
अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार निधन भएको हो । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए ।
कार्टर सेन्टरले सामाजिक सञ्जाल एक्समा उनको मृत्युबारे पुष्टि गर्दै लखेको छ, ‘हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो ।’