Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मालवाहक ट्रकबाट डेढ क्विण्टल गाँजा बरामद





वीरगञ्ज ।
प्रहरीले मालवाहक ट्रकबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सिताराम चोकस्थित प्लास्टिक कारखाना अगाडि आइतबार राति करिब साढे ९ बजे ना ३ ख ४२१२ नम्बरको ट्रकबाट १ सय ६० किलो गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले परानीपुरबाट सुक्खा बन्दरगाह तर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकेर जाँच गर्दा हुटमा फल्स बटम बनाई रातो प्लास्टिकमा बेरी लुकाइछिपाइ राखिएको प्रतिपोका १० किलोको दरले १६ पोकामा रहेको १ सय ६० किलो लागूऔषध गाँजा फेला परेको थियो ।
ट्रक चालक मकवानपुर हेटौंडा उमनपा–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र सहचालक चितवन झुरझुरे राप्ती नगरपालिका–३ का २० वर्षीय रोनाल विश्वकर्मालाई नियन्त्रणमा लिई लागू औषधिसम्बन्धी कसुरमा कारबाही अघि बढाइएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए ।