Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौँको क्षति





जनकपुरधाम ।
रौतहटको पूर्वीभेग राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आइतबार मध्यरात भीषण आगलागी भएको छ । आगलागीबाट आधा दर्जनभन्दा बढी घर जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको हो ।
गएराति सवा २ बजेको समयमा पताही बस्ने जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो । आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ८ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए । आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमान्डमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको कमान्डमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । अन्य मनवीय क्षति नरहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए ।