Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कागेश्वरीमा गोली प्रहारबाट दुई जना घाइते





काठमाडौं ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ मा गोली लागेर दुई जना घाइते भएका छन् । वडा नम्बर ७ स्थित रिद्धिसिद्धि बसपार्क नजिकै अर्जुन श्रेष्ठको घरभित्र प्रवेश गर्दै खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ का साहिर शंकर नामका व्यक्तिले पेस्तोल प्रहार गरेका थिए ।

गोली प्रहारबाट घरधनी अर्जुन र श्रीमती शान्ति देवी श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने शंकरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएका छन् । पेस्तोल चलाउने शंकरको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिगत रिसिइबी रहेको खुल्न आएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।