

जनकपुरधाम ।
जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको पार्टी केन्द्रीय प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए ।
‘१७ गते बुधवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय राष्ट्रिय पोसाक (धोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ‚’ उनले भने ।

