Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रदेशसभा बैठक अविलम्ब आह्वान गर्न जसपा नेपालको माग





जनकपुरधाम ।
मधेस प्रदेशको प्रदेशसभाको बैठक अविलम्ब आह्वान गर्न जसपा नेपालले माग गरेको छ । जसपा नेपाल मधेसको संसदीय दलको बैठकबाट प्रदेशसभाको बैठक लामो समयदेखि बस्न नसक्दा विकास निर्माण लगायतका काम प्रभावित हुँदै आईरहेकाले अविलम्ब बैठक आह्वान गर्न माग गरेको हो ।
संसदीय दलको बैठकबाट लामो समयदेखि सदनको बैठक बस्न नसकेकाले बैठक आह्वान गर्ने वातावरण निर्माण गर्नकालागि प्रदेश सरकार तथा सरकारमा सहभागी राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउने निर्णय गरिएको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिए ।
यसका साथै आर्थिक वर्ष २०८१÷०८२को बजेटमा समावेश विकासे योजनाहरु हालसम्म संचालनमा नआउँदा प्रदेशवासीका साथै जनप्रतिनिधिहरु मारमा परेकाले विनियोजन बजेट संचालनमा ल्याउन समेत माग गरिएको प्रमुख सचेतक यादवले बताए । उनले बजेट संचालनमा ल्याउनका लागि समेत प्रदेश सरकारमाथी दवाब बनाइने बताए ।
जसपा नेपाल संसदीय दलको बैठकबाट प्रदेशसभा सदस्य साहिदा खातुनमाथी भएको सांघातिक आक्रमणको भत्र्सना गर्दै दोषीलाई नियन्त्रणमा लिएर कडा कारबाही गर्न माग गरिएको छ ।