Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसका नेताले जनतालाई संविधानको धारा धारमा अल्मल्याएः प्रधानमन्त्री ओली





वीरगञ्ज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाएका छन् । आइतबार नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।’
साथै, उनले मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको जिकिर गरे ।
‘मधेशको जनताको जीवनस्तरमा फरक पार्नका लागि हुलाकी राजमार्ग हामीले सुरु गरेका हौं,’ उनले भने । केही ठाउँमा आरक्षण र निकुन्जका कारण अवरोध भए पनि अधिकांशश ठाउँमा राजमार्गको काम पूरा भएको उनको भनाइ थियो ।