Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

दूधमती नदीको सीमांकनको काम शुरु

ठाउँ ठाउँमा नदी किनारमा मन्दिरसहित पार्क निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य





जनकपुरधाम ।
प्रदेश सरकारले ओझेलमा पर्दै गईरहेको ऐतिहासिक दूधमती नदीको संरक्षण तथा सम्बद्र्धन गर्ने अभिप्रायले आजदेखि सीमांकनको काम शुरु गरेको छ ।
आइतवार विधिवत रुपमा कार्यक्रम आयोजना गरी दुधमती नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको अरजवाँ गाउँबाट सीमांकनको काम शुरु गरिएको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेसका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रुपमा नेपालको झण्डा हल्लाएर सीमांकनको शुभारम्भ गरेका हुन् ।
धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरको दूरीमा रहेको दुधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम आजैदेखि शुरु गरिएको छ ।
दूधमती नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमती नदी विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यीकरण गरिने जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गण्न्तव्यको रुपमा स्थापित हुने बताए ।
दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । उनले भने ‘नदीको उकास विकास संगै दूधमती नदीको एक डेढ किलोमीटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्नेछ ।’
कार्यक्रममा विशिष्ट अतिथि एवं उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले यो उर्जा, सिचाई तथा खानेपानी मन्त्रीको मात्रै योजना नभई प्रदेश सरकारकै ड्रीम प्रोजेक्टको रुपमा रहेको छ । परियोजना बारे जानकारी गराउंदै उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतीको बहाव क्षेत्र बाहेक दुवैतर्फ ११÷११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमती र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २÷२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था रह्नेछ ।
प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ५० लाख रुपैया बजेट छुटयाएको छ ।