Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रभु साह नेतृत्वको आजपाद्वारा काठमाडौँमा बिरोध प्रदर्शन





काठमाडौँ ।
आम जनता पार्टी (आजपा)ले सरकारले मनोमानी रुपमा कर लगाएको भन्दै आइतबार काठमाडौँमा प्रदर्शन गरेको छ । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुनः कमलादीमै पुगेर सम्पन्न भएको हो ।
कर आतङ्क बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्दोलन सफल पारौँ, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भगौडा विदेशीको अवैध सम्पत्ति जफत गर लगायतका नारा प्रदर्शनका क्रममा आजपाका नेता कार्यकर्ताले लगाएका थिए ।
आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम सँगसँगै अगाडि बढाएको छ । जसअनुसार दलतन्त्र विरुद्ध तेस्रो जनआन्दोलनको सङ्कल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाईरहेको छ ।
सरकारको मनोमानी करले नेपालको उद्योग, व्यवसाय धराशायी बन्दै गइरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतङ्क बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।