Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

छात्रासंग यौन दुव्र्यवहार गरेको भन्दै जलेश्वरस्थित लचमु विद्यालयका विद्यार्थी आन्दोलित





जनकपुरधाम ।
महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलित भएका छन् ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले कक्षा ७मा पढ्ने एक छात्रालाई यौन दुव्र्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा उतरेका हुन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुव्र्यवहार गरेको आरोप लागेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब समेत दिएका छन् ।