Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

कांग्रेस नेता शेखर कोइरालाको जनकपुरधाममा पत्रकार सम्मेलन

‘केन्द्रमा बसेका नेताहरु संघीयताको मर्म बुझ्न सकेनन्’





जनकपुरधाम ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला केन्द्रमा बसेका नेताहरु संघियताको मर्म अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् । प्रदेश सरकारको कामबाट जनतामा वितृष्णा बढिरहेको समयमा कांग्रेस नेता कोइरालाले यसको जिम्मेबारी म लगायत केन्द्रमा बसेका नेताहरुले लिनुपर्ने बताए ।
जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले केन्द्रमा बसेका नेताहरु संघियताको मर्म अनुसार काम नगर्दा त्यसको प्रत्यक्ष प्रभाव प्रदेश सरकारहरुमा परिरहेको बताए । उनले भने ‘संघले निजामति ऐन, शिक्षा ऐन तथा प्रहरी ऐन बनाएर नदिँदा प्रदेश सरकारहरु आफ्नो गतिमा काम गर्न सकेको छैन ।’ उनले अगाडी भने ‘ती ऐन संघ सरकारले नदिनु पछाडीको एउटै कारण छ, केन्द्रमा बसेका नेताहरु संघियताको मर्म बुझेका छैनन् ।’
नेता कोइरालाले वर्तमान सरकारको काम संतोषजनक नरहेको समेत बताए । उनले राजनीतिक स्थायीत्वका साथै देशमा सुशासन कायम गर्नकालागि दुई ठूला दल मिलेर सरकार बनायो तर त्यो स्पिरिट अनुरुप सरकार हिँड्न नसकेको आरोप लगाए । उनले भने ‘दुई ठूला दल मिलेर बनेको यो सरकारको काम संतोषजनक छैन तर यो सरकारलाई असफल हुने छूट पनि छैन ।’ यो सरकार असफल भएमा देशमा अराजकता बढ्ने डा. कोइरालाको भनाई छ ।
एक अर्को प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवालाई लिएर आफ्नो मनमा कुनै किसिमको राग द्वेश नरहेको स्पष्ट पारे । नेता कोइरालाले पार्टी महाधिवेशनमुखी रहेकाले अलिकति तलमाथी भई नै हाल्छ यसलाई बंग्याएर नहेरिदिन आग्रह समेत गरे ।