Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

बेलायती राजदूतले जानकी मन्दिरमा मनाए आफ्नो २२औँ वैवाहिक वर्षगाँठ





जनकपुरधाम ।
नेपालकालागि बेलायती राजदुत रब फेन र उनको पत्नी जुलिया फेनले जनकपुरधामको जानकी मन्दिरमा आफ्नो २२औँ वैवाहिक वर्षगाँठ मनाएका छन् । नेपाल सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाईरहेको समयमा बेलायती राजदूत फेनले आफ्नो वैवाहिक वर्षगाँठ जानकी मन्दिरमा आएर मनाउनुलाई महत्वका साथ हेरिएको छ ।
राजदूत फेनकी पत्नी जुलिया भने जानकी मन्दिरमा मैथिल महिलाको पहिरनमा पुगेकी थिइन् । उनले रातो साडी र चुनरी लगाएकी थिइन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासलाई साथमा लिएर फेन दम्पतीले जानकी मन्दिरमा दर्शन समेत गरेका छन् । फेनले पत्नी जुलियालाई सो अवसरमा अँगुठी लगाइ दिएका थिए ।