Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेश प्रदेशका सबै क्रियाशील पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा हुने

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री लेखी र राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरे बीच हस्ताक्षर कार्य सम्पन्न





जनकपुरधाम ।
मधेश प्रदेशका ८ जिल्लामा क्रियाशील रहेका पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा गरिने छ ।

आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य विमा तथा ७ लाखको दुर्घटना विमा गर्ने भएको हो ।

जनकपुरधाममा रहेको मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आज भएको कार्यक्रममा पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा गर्ने सम्बन्धि सम्झौतामा मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखी तथा राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेले आज हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना विमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको उल्लेख गर्नुुभयो । उहाँले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताउनुभयो ।

उहाँले पत्रकारहरूलाई लोककल्याणकारी विज्ञापन समानुपातिक रुपमा प्रदान गरिने जानकारी दिनुहुँदै निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहिद परिवारलाई एक लाखको स्वास्थ्य विमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताउनुभयो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले मधेश प्रदेशमा तीन वर्षदेखि निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका सबै पत्रकारहरूको १ लाखको स्वास्थ्य तथा ७ लाखको दुर्घटना विमा गर्ने बताउनुभयो ।

उहाँले यसअघि महिलाहरूको स्वास्थ्य विमा गर्दै आएको भए पनि यसपटक ७ सय ३५ पत्रकारहरूको महासंघ तथा मिडियाको सिफारिसमा विमा गरिदिने बताउनुभयो ।

जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादव,
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह लगायतले बोल्नुभएको थियो ।
राष्ट्रिय विमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा विमा कम्पनीसँग विमितले गर्नुपर्ने दाबी भुक्तानी सहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराउनुभएको थियो ।