

जनकपुरधाम ।
धनुषाको बटेश्वर गाउँपालिकामा घाइते अवस्थामा निलगाइ फेला परेको छ । ओ गाई फेला परेपछि उपचारका लागि डिभिजन वन कार्यालय धनुषामा ल्याइएको छ । वनका डिएफओ विनोद सिंहका अनुसार निलगाइको बच्चा रहेको छ निलगाईलाई दूधहरु खानलाई दिइएको छ ।
अहिले पशु भेटेनरी कार्यालयका चिकित्सकसंग उपचार गराइदिएको छ । जंगलमा भेटिने निलगाइ उखु र मकैवाली खान गाउँतिर आउने गर्छन् ।
निलगाई नेपाललगायतका एसियाली राष्ट्रहरूमा पाइने ठूलो प्रजातिको मृग हो । यसको गाईका जस्ता कान, छोटो र बाङ्गो सिङ, गर्दनमा काला छोटा रौँ ,घाँटीमा लामा रौँका गुच्छा हुने र बराँठको जस्तो रङ हुन्छ । यसलाई ‘घोडगधा’ वा ‘लिलीगाई’ नामले पनि चिनिन्छ ।
