Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जग्गा निलामीको विषयमा विवाद हुँदा जनकपुरधामस्थित सिद्धार्थ बैंकका प्रबन्धक प्रहरी नियन्त्रणमा

प्रहरी भन्छः सुरक्षित राख्नलाई नियन्त्रणमा लिएका हौँ





जनकपुरधाम ।
जनकपुरधामको मिल्स एरियास्थित सिद्धार्थ बैंकमा जग्गा निलामीको विषयमा विवाद हुँदा प्रहरीले सो शाखाका प्रबन्धक र लोन अधिकृतलाई  नियन्त्रणमा लिएको छ ।
ऋणी ऋण चुक्ता गर्न तयार रहेपनि बैंकले ऋणीको जग्गा निलाम गरी अरुको नाममा पास गरेपछि व्यापारी तथा स्थानीय प्रदर्शनमा उतरिएपछि प्रहरीले बैंकको प्रबन्धक अर्ण बलम्पाकी र लोन अधिकृतलाई नियन्त्रणमा लिएको हो । यद्यपि प्रहरीले व्यापारी तथा स्थानीय प्रदर्शनमा उतरिएपछि अप्रिय घटना घट्न नदिनकालागि दूबैजनालाई प्रहरी कार्यालयमा राखेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जग्गा निलामीको विषयमा मिल्सएरियामा रहेको सिद्धार्थ बैंकको शाखामा जग्गा निलामीको विषयमा व्यापारी तथा स्थानीय प्रदर्शन गरिरहेको खबर पाएर उनीहरुलाई सुरक्षित राख्नकालागि नियन्त्रणमा लिएको जानकारी दिए ।
के हो विवाद ?
जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको लक्ष्मी ट्रेडर्स संचाल गर्दै आईरहेका दिनेश राय कुर्मीले सिद्धार्थ बैंकको मिल्स एरिया शाखाबाट ३५ लाख रुपैयाँको विजनेश लोन र भाउजुको नाममा महेन्द्रनगरस्थित सिद्धार्थ बैंकको शाखाबाट ४५ लाखको व्यक्तिगत लोन लिए । दूबै लोनको ब्याज आफूले समय समयमा बुझाउँदै आएको रायले दावी गरे । उनले आफू पूरै ऋण चुक्ता गर्छु भनेपछि मात्रै दूबै शाखाका प्रबन्धक मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाए । रायका अनुसार ऋण बुझाउनकै लागि गत दुई सातादे बैंक धाउँदै आईरहेका थिए । बैंकका प्रबन्धकलाई ऋण क्लियर गर्छु हिसाब देखाई दिनुस भन्दा सादा कागजमा मात्रै हिसाब देखाए, रायले भने ‘सादा कागजको हिसाब मान्दिन भन्दा आजको आजै ऋण चुक्ता गर्नुस नभए जग्गा निलाम गर्छु भन्दै धम्काउन थाले ।’ आफूले एक साताको समय दिनुस पूरै ऋण चुक्ता गर्छु भन्दा भन्दै पनि अरुको नाममा जग्गा पास गरि दिएको गुनासो उनले पोखे ।
अरुको नाममा बैंकले दिनेशको जग्गा पास गरिदिएपछि जनकपुर उद्योग वाणिज्य संघलाई न्यायकालागि आफूले गुहारेको र जनकपुरधामका व्यापारीहरुले आफूलाई साथ पनि दिएको उनले बताए ।