Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सिरियामा पूर्वराष्ट्रपति असदका समर्थकको आक्रमणमा परी १४ सुरक्षाकर्मी मारिए





एजेन्सी ।
सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।
सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई गिरफ्तार गर्न गएका सुरक्षाकर्मीहरु माथि घात लगाएर (एम्बुसमा पारेर) आक्रमण भएको थियो । बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले आक्रमणमा १४ सुरक्षाकर्मी र ३ जना असद समर्थक आक्रमणकारीसहित १७ जना मारिएको जनाएको छ ।
सुरक्षाकर्मीहरु असद निकट मोम्मद कन्जो हसनलाई गिरफ्तार गर्न गएका थिए । हसनमाथि सैदनया जेलका बन्दीहरुमाथि अत्याचार गरेको आरोप छ ।
दुई हप्ता अगाडि सशस्त्र विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस)का लडाकुहरु राजधानी प्रवेश गरेपछि राष्ट्रपति बसर अल असद देश छाडेर रुसमा शरण लिएर बसिरहेका छन् । त्यसयता सिरियाका ठाउँठाउँमा विभिन्न घटनलाई लिएर विरोध प्रदर्शन हुँदै आएको छ ।
मंगलबार टार्टसको भूमध्यसागरको बन्दरगाह नजिक क्रिसमस ट्रि जलाएको लगायतका घटनाको विषयलाई लिएर विरोध प्रदर्शन भएको थियो । बुधबार धार्मिक केन्द्रमा आक्रमण भएको एउटा पुरानो भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि तनाव सिर्जना भएको थियो ।