Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

धनुषामा महिलाको हत्या गरी गाडिएको अवस्थामा शव फेला





जनकपुरधाम ।
धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो ।
गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।
प्रहरी निरीक्षक साहका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । पती दशैयाकै बयान अनुसार श्रीमती रेशमीको शव फेला परेको हो ।
मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार मध्यान्ह १२ बजेसम्म श्रीमान–श्रीमतीबीच झगडा भइरहेको थियो । दशैया मदिराले लठ्ठिएका थिए । साँझ दशैयाले बुहारीसँग खाना मागे । त्यसपछि उनले सासु खै ? भनेर सोधिन् । बुहारीको प्रश्नमा दशैयाले शंकास्पद जवाफ दिएका थिए । त्यसपछि परिवारका सदस्यले प्रहरीलाई बोलाएका थिए ।
प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए । राति नै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो ।
दशैयालाई प्रहरीले पक्राउ गरेको छ । राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।