Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

भारतको सन्दीप युनभर्सिटीमा नेपाली विद्यार्थीलाई छात्रवृतिको अवसर





जनकपुरधाम ।
भारतको सन्दीप युनिभर्सिटीले नेपाली विद्यार्थीहरुका लागि पुरस्कार जित्नेसहित उच्च शिक्षामा छात्रवृतिमा अध्ययन गर्न पाउने अवसर ल्याएको छ ।
कक्षा १२ मा अध्यय्नरत नेपाली विद्यार्थीहरुका लागि २१ हजारदेखि ६ हजार रुपैयासम्म १० जना विद्यार्थीका लागि पुरस्कार, प्रतिष्पर्धामा सहभागी मध्ये इन्जिनीयरिङ्ग, मेडिकल लगायतका संकायमा उच्च शिक्षा गर्नेहरुलाई २५ प्रतिशतसम्मको छात्रवृति योजना सो युनिभर्सिटीले ल्याएको छ ।
बुधवार युनिभर्सिटीका मार्केटिङ्ग क्षेत्रिय मैनेजर पंकज चौधरीले बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी सन्दीप प्रतिभा सम्मान २०२५ नाम दिइएको यी योजना अन्तर्गत पुरस्कार, छात्रवृतिसँगै , एआई, एमएल र ईभी सहितका कोर्षहरु निशुल्क गराउने र टप ५ विद्यार्थीलाई प्रशंसापत्र र मेमेन्टो प्रदान गरिने जानकारी दिए ।
युनिभर्सिटीले २०२५ फरवरी २२ तारिख अर्थात फागुन १० गतेका दिन सहभागी विद्यार्थीहरुको परिक्षा लिइने जानकारी दिदैं चौधरीले विद्यार्थीलाई पुरस्कार जित्ने मौकासहित आगामी अध्ययनका लागि परफर्म गर्न सक्ने क्षमताको पहिचान समेत हुने भएकाले यसमा सहभागी हुन र गराउन विद्यार्थी तथा शिक्षक र अभिभावकहरुसँग आग्रह गरेका छन् ।
परीक्षामा सहभागी हुन रजिष्ट्रेशनका लागि अनलाईन र अफलाईन दुवैको व्यवस्था गरिएको छ ।