

काठमाडौँ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय विभागहरुको बैठक बोलाएको छ । जसपा नेपालले गठन गरेका १७ विभागहरु मध्ये १६ वटा विभागको बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग पूर्ण बस्नेतले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको प्रत्येक विभागको बैठक हरेक दिन पालैपालो बस्ने गरी आह्वान गरिएको छ । प्रमुख बस्नेतका अनुसार बुधबार पुस १० गते सूचना सञ्चार, विज्ञान तथा प्रविधि विभागको, ११ गते वन, वातावरण तथा विपद् व्यवस्थापन विभागको, पुस १२ गते सहकारी तथा गरिवी निवारण विभागको र पुस १३ गते प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्नेछ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या विभागको बैठक पुस १४ गते, पुस १५ गते बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन विभागको र पुस १६ गते महिला विभागको बैठक बोलाइएको छ ।
